संस्कृति

            रुरुक्षेत्रको पहिचान धार्मिक र ऐतीहासिक मात्र नभै सदियौ काल देखी चलीआएको यहाँको संस्कृति पनि हो। बिशेषत यहाँको लाखे नाच,झाम्रे नाच,गुठ पूजा,गाइ जात्रा,ह्रिशिकेश उत्सब तथा होली उत्सब लगायत थुप्रै बिशिस्ट प्रक्रितीका संस्कृतिहरु रहेका छन। यिनै बिशिस्ट प्रक्रितीका संस्कृतिहरुनै आज रिडी क्षेत्रको पहिचान बनेको छ्।

ह्रिशिकेश उत्सब :
                                                                      

ह्रिशीकेश भगवानको रथ परिक्रमा गराइदै।
प्रत्येक बर्ष हरीबोधनी एकादशी र द्वादशीको दिन यो उत्सब मनाउने गरिन्छ। यस दिन भगवान  ह्रिषीकेशको रथलाइ रिडी बजार परीक्रमा गराइन्छ। परीक्रमाको अबसरमा हजारौ मानिसहरु देशभर तथा बिदेशबाट आउने गर्छन्। यो रथयात्रा पश्चीम नेपालकै चर्चित रथयात्रा मानिन्छ। पहिलो दिन हरीबोधनी एकादशीको दिन रथ यात्रा पाले भाईको घरबाट पञ्चेबाजा सहित पूजा,फलफुल तथा रोटी सहित भब्यरुपमा रिडी बजार परीक्रमा गराइ भगवान  ह्रिषीकेशको पूजा गरिन्छ। त्यस्तै दोश्रो दिन पनी पालेभाईको घरबाट रोटी प्रशाद सहित बजार परीक्रमा गरी भगवान  ह्रिषीकेशको पूजा गरिन्छ र त्यसपछी मात्र रिडी बजारमा  ह्रिषीकेश भगवानको रथ परीक्रमा गराइन्छ। त्यस्तै भगवान नारायणको पत्नी लक्ष्मी भएकोले  ह्रिषीकेश भगवानको रथ सँगै लक्ष्मी नारायणको पनि रथयात्रा गर्ने प्रचलन रहेको छ्। कार्यक्रम समापनको अबसरमा हलुवा प्रशाद बितरण गर्ने गरिन्छ,यहाँ बितरण गरिने हलुवा अत्यन्तै लोकप्रिय रहेको छ्।     


रथलाई रिडी बजारमा
परिसरमा परिक्रमा गराइदै।
ह्रिशीकेश उत्सबको दिन मन्दिर 
परिसरमा नाचगान गर्दै दर्शनार्थीहरु   
                                                              

*********************************************************************


लाखे नाच :

लाखे नाच नाच्दै
लाखे नाच नाच्दै।
       लाखे नाच रिडी क्षेत्रकै सबैभन्दा लोकप्रिय तथा चर्चित नाच हो।धेरै बर्ष पहिले देखीनै यहाँ लाखे नाचको सुरु भएको मानिन्छ। प्रत्येक बर्षको घण्टाकर्ण चतुर्दशी(गठेमंगल)को दिन देखी रिडीमा लाखे नाचको सुरुवात हुन्छ। पंरम्परा अनुसार लाखेले गठेमंगलको पुत्ला दहन गरी कालीगन्डकीमा मिल्काएपछी उक्त दिन देखी बजार क्षेत्रमा बिधीवत रुपमा लाखे नाचको सुरुवात भएको मानिन्छ। यो नाच कृष्ण जन्मास्टमीको दिन सम्म जारी रहन्छ, उक्त दिन बलराम र कृष्णको स्वरुप धारण गरी लाखेको वध गरेको अभिनय गरिन्छ र सोही दिन देखी लाखे नाचको बिधीवतरुपमा अन्त्य हुन्छ। रुरु फ्रेन्डस क्लबले आयोजना गर्ने यो नाच हेर्न बजार तथा यसको आसपासका गाउँहरु बाट सयौको संख्यामा मानिषहरु भेला हुन्छन।
                      
संस्क्रिती चुम्पाखे लाखे लाइ जिस्काउदै
लाखे नाचको लागि ढोलख बजाइदै।
   
         

                                                  
**************************************************     


नेवारी गुठ पूजा
पूजाको लागि तयार गरिएको अबिरको थाली। 
पूजाको लागि मन्दिर तर्फ प्रस्थान गरिदै।
         गुठ पूजा रिडी क्षेत्रका नेवार समुदायले मनाउने गरेको यहाँको एउटा महत्वपूर्ण चाड हो। धेरै पहिले देखी चली आएको यो चाड धान्य पुर्णिमा(योम्हरी पुन्ही)को दिन मनाउने गरिन्छ। नेवारी समुदाय भित्रको घरको कुनैपनी सदस्यको मृत्‍यु भएमा सामुहिक रुपमा मृतकको परिवारलाइ सघाउने उद्देश्यले गठन गरिएको गुठीले यो परंपरा मनाउने गर्छन्। रिडी क्षेत्र भित्र नेवारहरुको दुइ वटा गुठ रहेको छ्। ठुलो गुठ र सानो गुठ नामले चिनिने यो समुहहरुले योम्हरी पुन्हीको दिनमा सम्पूर्ण गुठीयार भाईहरु भेला गराइ मन्दिरमा पूजा गर्ने परंपरा रहेको छ्। ठुलो गुठले भगवती  मन्दिर र सानो गुठले गणेश भैरब मन्दिरमा पूजा गर्ने गर्छन्। गुठी भित्रका सम्पूर्ण सदस्यले प्रत्येक बर्ष आलोपालो गरी एक जनालाई पजाको जिम्मेवारी दिइन्छ। जिम्मेवारी पाउने सदस्यले त्यस बर्षको लागि सम्पूर्ण पूजा तथा कामको नेत्रीत्व गर्नुपर्ने हुन्छ। यस दिन सम्पूर्ण गुठीयार भाइहरु पालेभाईको घरमा जम्मा हुन्छ र त्यही घर बाट बाजागाजा सहित मन्दिरमा गई पूजा गरी बोका बली चढाउने गर्छन्। मन्दिरमा चढाइएको बोका पाले भाईको घरमा लगी पकाएर बाँडीचुडी खाने प्रचलन रहेको छ्। ततपस्चात आउने बर्षको पालेभाई(लाइपाले)को घर गइ बिधीवत रुपमा गुठपुजाको पालो हस्तान्तरण गरिन्छ। यस दौरानमा लाइपालेलाइ बिभिन्न प्रकारका परीकार,फलफुल,प्रसाद तथा कलात्मक सामाग्रीहरु दिने गरिन्छ। र त्यसबर्षको लागि गुठपुजा बिधीवत रुपमा सम्पन्न हुन्छ।   
बली चढाउनको लागि राखिएको बोका।
          यस गुठपुजाको मुख्य आकर्शण भनेको यहाँ चाढाइने बोका हो। यस पूजाको दिनमा दुइ वटा गुठको बिचमा सबै भन्दा ठुलो र धेरै बोका कसको हुने भन्ने अप्रत्यक्ष होडबाजी नै चल्ने गर्छ। यसै होडबाजीका कारण एउटा गुठले कम्तीमा पनि ४० केजी भन्दा माथिको तौल भएको बोका दुइ देखी तीन वटा बली चाढाउने गर्छन। यसरी मन्दिरमा चढाइने बोकालाइ पाले भाइको घरमा लगेर पकाइन्छ। यहाँ बोकाको मासु बिशेष प्रकारले पकाइन्छ। जुन मासु अत्यन्तै स्वादिलो हुने गर्छ। यही बिशेष स्वादले गर्दा गुठको मासु अत्यन्तै लोकप्रिय रहेको छ्। यसरी पाकाइने मासुलाइ "एक पाखे मासु" भनिन्छ। यो मासु प्रत्येक गुठीयार भाईहरुले आफ्नो आफन्तहरुलाइ प्रसादको रुपमा बाँढेर खाने प्रचलन रहेको छ्।
 
         लाईपाले लाई हस्तान्तरण गरिएको                                          आउदो बर्षको लागि लाईपालेलाई                           पूजा समापन पछी प्रसाद खाँदै।
            गरिएको बिभिन्न परीकारहरु।                                      गुठपुजाको जिम्मेवारी हस्तान्तरण गर्दै। । 



        ********************************************


गाईजात्रा: 

तायमचा
तायमचालाई बजार परिक्रमा गराइदै।
गाईजात्रा बिशेषगरी रिडी क्षेत्रमा नेवार सम्प्रदायले मान्ने गर्छन्। रिडी क्षेत्रमा नेवारी सभ्यताको सुरुवात सँगै गाईजात्र मनाउने परम्पराको सुरुवात भएको मानिन्छ। बर्षदिनमा नेवार समुदायका घरमा कसैको मृत्‍युभएमा उनको सम्झनामा मृतकको घरबाट गाइजात्रा निकाल्ने चलन रहेको छ्। बिशेषत जात्राको रुपमा तायमचालाई बजार घुमाइने गरिन्छ। डोकोमा बाँसको भाटा घुसाइ रङी चङी कपदाले बेरी गाईको प्रतीक बनाइन्छ,जसलाई तायमचा भनिन्छ। र सोही तायमचा धारण गरी मानिस नाच्ने गर्छन्,यो नाचलाइ बजारभर प्रदर्शन गरिन्छ। यसको साथसाथमा पुरुषहरु महिलाको भेष धारण गरी गाइजात्रे शैलिमा नाच्ने गर्छन। यस दिन यो नाच हेर्न टाढा टाढा बाट मानिसहरु रिडी क्षेत्रमा भेला हुन्छन ।  


***************************************************


होली उत्सब:
मट्की फोड्नका लागि उचाइ लिदै युवाहरु।
           प्रत्येक बर्ष फागु पुर्णिमा(होली)को अबसरमा सप्त चन्डी महिला समुहले होली उत्सबको आयोजना गर्नेगरेको छ्। यस दिन मट्की फोड,हाँडी फोड,दौद,तातो लालु लगायतका रमाइलो प्रतीयोगिताहरु हुने गर्दछ। बिशेषत यो कार्यक्रमको आकर्शण मट्की फोड प्रतीयोगिता हुने गर्दछ्। यो प्रतीयोगितामा युवाहरुले बिभिन्न समुह बनाइ भाग लिने गर्दछ। एउटा समुहले मट्की फोडने प्रयत्न गर्दैगर्दा अर्को प्रतीद्वन्दी समुहले पानी तथा रंग प्रहार गरी उसको प्रयासलाई असफल बनाउने कोषिश गर्दछ। यो श्रिङखला मट्की नफोडीदा सम्म जारी रहन्छ। यिनै कठीनाइहरुको सामना गर्दै जुन समुनले मट्की फोड्न सफल हुन त्यही समुह नै बिजयता घोशित हुन्छ। यस कार्यक्रममा भागलिन तथा हेर्न यस दिन रिडी बजारका मानिसहरु बसपार्क चोकमा भेला हुने गर्दछन। 

मट्की फोड्नका लागि उचाइ लिदै युवाहरु।
होली उत्सबमा हाँडी फोददै एक युवा।







                                         

******************************************** 


हरीतालिका तिज

   हिन्दु महिलाहरुको महान चाड तिजको उपलक्षमा प्रत्येक बर्ष सप्त चन्डी महिला समुहले रिडी बगरमा रहेको खेल मैदानमा तिज गीत प्रतियोगिताको आयोजना गर्ने गर्दछ। यस प्रतियोगितामा भाग लिन बिभिन्न स्थानबाट महिलाहरुको समुह आउने गर्दछन। अत्यन्तै रोचक,घोचक तथा प्रतिस्पर्धापूर्ण हुने यो कार्यक्रम हेर्न मानिसहरुको ठुलो जमघट यस दिन रिडी बजारमा हुने गर्दछ।







 

No comments: