एक कोषीय परीधीमा अवस्थीत रुरु क्षेत्रमा दर्जनौ मन्दिरहरु रहेका छन। सानो क्षेत्र भएर पनि यती धेरै मन्दिरहरुले सुसज्जित हुनु यस्को ठुलो बिषेशता हो जसले पर्यटक हरुलाई निक्कै आकर्सित गर्ने गरेको छ्। ऋषीकेशव मन्दिर,सत्येश्वर महादेव,भ्रिगुतुङेश्वोर महादेव तथा अचम्मेश्वोर गुफाले यो क्षेत्रमा मात्र नभइ देशमै प्रशिद्धी कमाएको छ्। यहाँको मन्दिरहरुको बारेमा बेद पुराण तथा इतीहासहरुमा समेत पढ्न पाइन्छ। यहाँ करीक ४० भन्दा बढी मन्दिरहरुहरु रहेका छ्न। अहिले पनि रिडी क्षेत्र भित्र मन्दिरहरुको निर्माण श्रिङखला जारी छ। यस शिर्षकमा हामी यस क्षेत्र भित्रका सम्पूर्ण मन्दिरहरुको चर्चा गर्न गइराखेका छौ:
ऋशीकेश मन्दिर :
ऋशिकेश मन्दिर देशकै सुप्रशिद्ध मन्दिरहरु मध्येको एउटा मन्दिर हो। नदी किनारमा रहेको संसारका प्रसिद्ध मन्दिरहरु जस्तै यो मन्दिर पनि काली गण्डकीको किनारमा रहेको छ्। ईतिहासका अध्येताहरुका अनुसार १२औं शताब्दी तिर यो मन्दिर गल्फुले गुफाको पुर्बी भाग(बिष्णु पञ्जर)मा रहेको र कालान्तरमा कालीगन्डकीमा आएको भिषण बाढीका कारण पहिरो जाँदा यस मन्दिर र भित्रको मुर्ती कालीगण्डकीमा बिलिन भएको कुरा उल्लेख गरीएको छ्। पछी सोही मुर्ती १६औं शताब्दीतिर पाल्पाली राजा मणीमुकुन्द सेन कालिगन्डकीको दोभानमा स्नान गर्ने क्रममा फेला परेको विश्वाश गरीएको छ्। यो मुर्ती कृष्ण बर्णको ३ फुट ९ इन्च अग्लो रहेको छ्। १८१९ मा रणदल पाण्डेले कमलको फुल आकारको मन्दिर बनाइ मुर्तीलाई यस मन्दिर भित्र स्थापना गरेका थिए। मन्दिरको पूजा आजा चलाउनको लागि राजा मणी मुकुन्दसेनले गुठी लालमोहरको ब्यबस्था गर्नुका साथै नित्य पूजाको लागि अर्गलीका भट्टराइ ब्राम्हणहरु लाई लालमोहर लगाइ नित्य पूजारी रहने ब्यबस्था गरिदिएका थिए। अहिले यो गुठी सँग ७०० रोपनी जग्गा रहेको छ्।
बिक्रम सम्वत १८९५मा दिर्घनारायण श्रेष्ठले यस मन्दिरको रथ यात्रा गरी ऋशिकेशव उत्सब मनाउने परम्पराको प्रारम्भ गरेका थिए । प्रत्येक बर्षको हरीबोधनी एकादशी र द्वादशीको दिनमा यो उत्सब मनाइन्छ।एकादशीको दिन रिडी बजार बाट फलफुल र प्रसाद सहित पञ्चे बाजा बजाइ जात्रुहरु ऋशिकेशव मन्दिर जान्छन। द्वादशीको दिनमा बाजागाजा सहित भब्यरुपमा रथलाई रिडी बजार परीक्रमा गराइन्छ। रथ यात्राको समयमा हजारौ मानिसहरु देश तथा बिदेशबाट समेत आउँछन्। यो दिन यहाँका मानिसहरु ब्रत बसी भगवान ऋशिकेशवको आराधना गर्छन्। पौराणिक कथन अनुसार यो दिनमा कालीगन्डकीमा स्नान गरी ऋशिकेशव भगवानको दर्शन गरेमा मुक्ती पाइन्छ भन्ने मान्यता रहेको छ्।
बिक्रम सम्वत १८९५मा दिर्घनारायण श्रेष्ठले यस मन्दिरको रथ यात्रा गरी ऋशिकेशव उत्सब मनाउने परम्पराको प्रारम्भ गरेका थिए । प्रत्येक बर्षको हरीबोधनी एकादशी र द्वादशीको दिनमा यो उत्सब मनाइन्छ।एकादशीको दिन रिडी बजार बाट फलफुल र प्रसाद सहित पञ्चे बाजा बजाइ जात्रुहरु ऋशिकेशव मन्दिर जान्छन। द्वादशीको दिनमा बाजागाजा सहित भब्यरुपमा रथलाई रिडी बजार परीक्रमा गराइन्छ। रथ यात्राको समयमा हजारौ मानिसहरु देश तथा बिदेशबाट समेत आउँछन्। यो दिन यहाँका मानिसहरु ब्रत बसी भगवान ऋशिकेशवको आराधना गर्छन्। पौराणिक कथन अनुसार यो दिनमा कालीगन्डकीमा स्नान गरी ऋशिकेशव भगवानको दर्शन गरेमा मुक्ती पाइन्छ भन्ने मान्यता रहेको छ्।
सत्येश्वोर महादेव:
एतीहासिक महत्वो राख्ने यो मन्दिरको स्थापना बि.सं.१८७९ मा नेपालका तत्कालिन प्रधानमन्त्री भिमसेन थापा द्वारा गरिएको हो। बंगलामा रहेको यो मन्दिर भिमसेन थापाले आफ्नी आमा सत्येरुपाको ईच्छा बमोजिम निर्माण गरिएकोले यसको नाम सत्येश्वोर महादेव मन्दिर राखीएको हो। उनले यो मन्दिरको बगलमा एउटा पौवा समेत निर्माण गरेका छन,जस्लाई भिमसेन पौवाको नामले चिनिन्छ। मन्दिर र पौवाको निर्माण सँगै यसको नित्य पूजा सन्चालनको लागि १५६ रोपनी जग्गा सहित गुठीको ब्यबस्था गरिदिएका थिए। यही गुठीको माध्यम बाट अहिले पनि यसको नित्यपूजा चलीराखेको छ्। यो मन्दिर र पौवाको बारेमा नेपालको इतीहासमा पढ्न पाइन्छ।
शोभा भगवती :
यो मन्दिर ऋशिकेश मन्दिरको बगलमा रहेको छ्। यसको स्थापना डन्डी स्वामी कृष्ण बोधाश्रम द्वारा २०१९ सालमा गरिएको हो। यो मन्दिर अत्यन्तै जिर्ण भएपछी हालसासै स्थानिय ब्यक्तीहरु सँग चन्दा संकलन गरी पुनरनिर्माण गरिएको छ्। यो मन्दिर भित्र सँगमर्मरको गायात्री देवीको मुर्ती रहेको छ्। यसको नियमित पूजा चलाऊन गुठीको ब्यबस्था गरिएको छ्। यसको गुठी सँग ५ बिघा जग्गा रहेको छ्। जसबाट वार्षिक २५००० रुपैया आम्दानी हुने गर्छ।
मणीमुकुन्देश्वोर महादेव:
बिक्रम सम्वत १५३०मा पाल्पाली राजा मनिमुकुन्द सेनले यो मन्दिरको निर्माण गरेका थिए। मन्दिर स्थापनाको समयमा गुठीको ब्यबस्था गरी यो मन्दिरको पूजाको जिम्मेवारी मानकोटेहरु लाइ दिएका थिए,जसले आहिले पनि निरन्तर्ता पाएको छ्।
रिडी बजारको भक्तेनी टोलमा अबस्थित यो मन्दिरको निर्माण मानकोट बाट कल्पवास बस्न आएकी लीला कुमारी द्वारा गरिएको हो। यो मन्दिरको नित्य पूजाको लागि गुठीको ब्यबस्था छ्।
रुरु कन्या(गल्फुल परिसर):
हरी तालिका, तिजको दिन बिशेष पूजा हुने यो मन्दिर रिडी बजारको गल्फुल परिसरमा रहेको छ्। पौराणिक मान्यता अनुसार रुरु कन्याले यसै गल्फुल परिसरमा तपस्या गरेको विश्वाश गरिन्छ । त्यसैले यसै स्थानमा २०४२ सालमा रुरु कन्याको शिला स्थापित गरी मन्दिर निर्माण गरिएको हो। यो मन्दिरको आसपासमा गुफाहरु पनि रहेको छ्। त्यस्तै यो स्थान लाइ बिशेष आकर्शक बनाउन रुरु रेशुङा सम्रक्षण तथा पर्यतन बिकास समितीले १३ फिट अग्लो देवदत्त ऋशीको मुर्ती निर्माण गरेको छ्।
रिडी बजारको थाडो गल्लीमा रहेको यो मन्दिरको निर्माण १९७९ सालमा कर्णेल बहादुर गम्भिर सिंह रायमाझीके श्रीमती तिल कुमारीले गरेकी हुन। यो मन्दिरको भित्र भागमा नौ वटा शिवलिङ रहेको छ्।
गोपेश्वोर महादेव:
कालिका स्थानमा रहेको यो मन्दिर २०१८ साला भन्दा अगाडि काली गन्डकीको ततमा रहेको थियो। तर ०१८ सालको बढीले यो मन्दिरलाई भत्काएपछी हालको स्थानमा सारीएको हो।
भिमसेन मन्दिर:
शोभा भगवतीको बगलमा रहेको यो मन्दिरको निर्माण मोतीलाल श्रेष्ठले गरेका हुन। सामान्यतया नेवारी समुदायले मात्र पूजा गर्ने यो मन्दिरको रथ यात्रा माघ शुक्ल द्वादशीको दिनमा हुने गरेको छ्। गुठीको माध्यम बाट यसको पूजा हुनेगरेको छ्।
भिमसेन मन्दिर:
शोभा भगवतीको बगलमा रहेको यो मन्दिरको निर्माण मोतीलाल श्रेष्ठले गरेका हुन। सामान्यतया नेवारी समुदायले मात्र पूजा गर्ने यो मन्दिरको रथ यात्रा माघ शुक्ल द्वादशीको दिनमा हुने गरेको छ्। गुठीको माध्यम बाट यसको पूजा हुनेगरेको छ्।
गणेश भैरब मन्दिर:
सुगन्ध बिहार टोलमा रहेको यो मन्दिर पहिले खोलाको तिरमा रहेको थियो तर खोलाले यो मन्दिरलाइ नोक्सानी पुर्याए पछी हालको स्थानमा सारीएको हो। गणेश र भैरब मन्दिरलाइ जोडेर बनाइएको यो मन्दिर धेरै पुरानो रहेको विश्वाश गरिन्छ। यस मन्दिर मध्ये गणेश मन्दिर रातामाटा तीनदोबाटो बाट ल्याइ स्थापना गरिएको हो। यसको रथ यात्रा भाद्र कृष्ण चौथीमा हुने गर्छ भने भैरबको रथ यात्रा बैशाखे संक्रान्तीमा हुने गर्छ।
कुनै समय दुर्गान्धित रहनेगरेको यो स्थानमा सरसफाइ गरी बुद्ध बिहार निर्माण गरिएकोले यसलाई सुगध बिहार भनिएको हो। बिहारमा रहेको बुद्ध मुर्तीको स्थापना स्व. रघुवीर श्रेष्ठले गर्नु भएको हो। हाल थाइल्यान्ड बुद्ध बिहारको सहयोगमा नयाँ बुद्ध मुर्तीपनी स्थापित गरिएको छ्। प्रत्येक बर्ष बुद्ध जयन्तीको दिन यहाँ रथ यात्रा तथा बिभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने गरिन्छ।
यो मन्दीरको निर्माण अर्गली निवासी स्व गणेश भट्टराईले गरेका हुन। मन्दिरमा पञ्चायन देवताको मुर्ती स्थापित गरिएको छ् भने यसको बगलमा कैलाश पर्वतको नमुना बनाइ त्यहाँ भगवान शिवको मुर्ती स्थापित गरिएको छ्। यसको आसपासमा सुन्दर बगैचा तथा बिचमा पोखरी बनाइएको छ्। जसले गर्दा यो मन्दिर परिसर निक्कै रमणिय बनेको छ्। यहाँ मानिसहरु भगवानको दर्शन तथा बन भोजको लागि जाने गर्छन्।
भिमसेन मन्दिर(बंगला):
सुगन्ध बिहार:
कुनै समय दुर्गान्धित रहनेगरेको यो स्थानमा सरसफाइ गरी बुद्ध बिहार निर्माण गरिएकोले यसलाई सुगध बिहार भनिएको हो। बिहारमा रहेको बुद्ध मुर्तीको स्थापना स्व. रघुवीर श्रेष्ठले गर्नु भएको हो। हाल थाइल्यान्ड बुद्ध बिहारको सहयोगमा नयाँ बुद्ध मुर्तीपनी स्थापित गरिएको छ्। प्रत्येक बर्ष बुद्ध जयन्तीको दिन यहाँ रथ यात्रा तथा बिभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने गरिन्छ।
सत्यवती मन्दिर(कुंदापानी):
यो मन्दीरको निर्माण अर्गली निवासी स्व गणेश भट्टराईले गरेका हुन। मन्दिरमा पञ्चायन देवताको मुर्ती स्थापित गरिएको छ् भने यसको बगलमा कैलाश पर्वतको नमुना बनाइ त्यहाँ भगवान शिवको मुर्ती स्थापित गरिएको छ्। यसको आसपासमा सुन्दर बगैचा तथा बिचमा पोखरी बनाइएको छ्। जसले गर्दा यो मन्दिर परिसर निक्कै रमणिय बनेको छ्। यहाँ मानिसहरु भगवानको दर्शन तथा बन भोजको लागि जाने गर्छन्।
बंगलामा रहेको यो मन्दिरको निर्माण मोतीलाल श्रेष्ठ द्वारा गरिएको हो। गुठी बाट यसको पूजा चल्ने भए पनि अहिले यो मन्दिर अत्यन्तै जिर्ण अवस्थामा पुगेको छ्। यो मन्दिरको प्रत्येक बर्ष माघ शुक्ल द्वादशीको दिन रथ यात्रा हुने गरेको छ्।
मनकामना मन्दिर(बंगला):
रिडीको बंगलामा रहेको यो मन्दिरको निर्माण २०५९ सालमा सत्येस्वर युवा क्लबले गरेको हो। यसको नित्य पूजा हुने गरेको छ्।
अर्गलीको देउरालीमा रहेको यो मन्दिरमा प्रत्येक बर्ष दसैंको नबदुर्गामा बिशेष पूजा हुने गर्छ। त्यस्तै हरितालिका तिजको दिन यहाँ महिलाहरु जम्मा भइ तिज गीत गाउने गर्छन्।
दुर्गा मन्दिर:
यो मन्दिर ईलाका प्रहरी कार्यालय,रिडीको परीसरमा रहेको छ्। मन्दिरको स्थापना रिडीमा प्रहरी चौकीको स्थापनाको कालमै भए पनि द्वन्दकालमा प्रहरी चौकी सँगै यो मन्दिर पनि ध्वस्त भएको थियो। तर पछी प्रहरी निरिक्षक बिनी महादेव पौद्वेलले रिडीमा आफ्नो कार्यकालको दौरानमा यो मन्दिरको पुनर निर्माण गराएका हुन। पौडेलले आफु लगायत रिडी बजारमा रहेका समाज सेवीहरु तथा बिभिन्न ब्यक्तीहरु सँग सहयोग रकम संकलन गरी यो मन्दिरको निर्माण गराएका थिए। स्याङ्जा निवासि उहाँका पिता भवानी शंकर पौद्वेलको सम्झनामा यो मन्दिरको पुनर निर्माण गराएका थिए। मन्दिर भित्र दुर्गा भवनीको मुर्ती रहेको छ्।
रामनाम स्तुप:
ऋशीकेश परिसर भित्र रहेको यो रामनाम स्तुप भक्तहरु द्वारा डेढकरोड रामनाम लेखी स्थापना गरिएको हो।
सत्य नारायण मन्दिर
यो मन्दिरको स्थापना स्व. फौजदार अम्बरराजकी दिदी बाट स्थापित भएको हो। काली गण्डकीको टतमा रहेको यो मन्दिर बाढी बाट क्षती भए पछी यो मन्दिरको पुनर्निर्माण ऋशिकेश परिसरमा गरिएको हो। मन्दिरको पुनर्निर्माण तत्कालिन राजा बिरेन्द्रले गर्न लगाएका थिए। यसको पूजा गुठी बाट चल्ने गर्छ। रुरुकन्या मन्दिर (ऋशिकेश परिसर) :
यो मन्दिर ऋशिकेश मन्दिरको सामनेमा तामाको मुर्ती स्थापना गरी बनाइएको छ्। देवदत्त ऋषी र प्रम्हलोचाको गर्भबाट जन्मेकी रुरु कन्याले यो क्षेत्रमा कठोर तपस्या गरी भगवान ऋशीकेशको दर्शन पाएकोले रुरु कन्याको मन्दिर ऋशीकेश मन्दिरको समानेमा बनाइएको हो।
राधा कृष्ण मन्दिर -
यो मन्दिर ऋशिकेश मन्दिरको पछील्लो भागमा रहेको छ्। कास्ठ निर्मित बास्तुकलापूर्ण यो मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ्। स्व. फौजदार अम्बर राज द्वारा निर्माण गरिएको यो मन्दिरको पूजा गुठीबाट चल्ने गर्छ।
शान्तभक्तेश्वोर,शेरभक्तेश्वोर र शान्तमुक्तेश्वोर -
तीनवता महादेवको मन्दिरलाई एकै स्थानमा जोडेर बनाइएको यो मन्दिरमा शान्तभक्तेश्वोर,शेरभक्तेश्वोर र शान्तमुक्तेश्वोर महादेवको शिव लिङ्ग राखिएको छ्। बिक्रम सम्वत १९६७ सालमा शेर शमशेर र उनकी श्रीमती शान्तकुमारी देवी बाट यो मन्दिरको निर्माण गरिएको हो। यसको कुनै आय श्रोत नभएपनी पूजा पाठ भने नियमित हुने गर्छ।
कालिका मन्दिर:
बिष्णु पञ्जर नजिक रहेको यो मन्दिरको स्थापना कहिले र को बाट भएको हो भन्ने हाल सम्मपनी थाहा हुन सकेको छैन। पौराणिक मान्यता अनुसार देवदत्त ऋशीको तपस्या भङ्ग गर्न आएकी अपसरा प्रम्हलोचाले यो मन्दिरमा नित्य पूजा गर्ने गरेको विश्वाश गरिन्छ। आहिले ३७ जना गुठीयार भाइहरु रहेको यो मन्दिर सँग २८००० रुपैया मुलधन रहेको छ्,जसको वार्षिक २४% को दरले ब्याज प्राप्त हुन्छ।
बिष्णु मन्दिर:
२०५४ सालमा निर्माण गरिएको यो मन्दिर लामा चौपरी (कालीगण्डकीको तट)मा रहेको छ्। यसको निर्माण उमापती पोख्रेल द्वारा गरिएको हो। यो मन्दिर वर पिपलको रुख मुनी रहेकोले भक्तजन हरु जल चढाउन दैनिक यहाँ जाने गर्छन्।कञ्चनेश्वोर महादेव:
अभयानन्द गिरी द्वारा स्थापित यो मन्दिर बिष्णु पञ्जरमा रहेको छ्। गुठी नभएपनी यसको नित्य पूजा हुने गरेको छ्।
२०५४ सालमा निर्माण गरिएको यो मन्दिर लामा चौपरी (कालीगण्डकीको तट)मा रहेको छ्। यसको निर्माण उमापती पोख्रेल द्वारा गरिएको हो। यो मन्दिर वर पिपलको रुख मुनी रहेकोले भक्तजन हरु जल चढाउन दैनिक यहाँ जाने गर्छन्।
भिर्गुतुङ्गेश्वोर महादेव:
पौराणिक महत्वो राख्ने यो मन्दिर रुरुक्षेत्रको चण्डी भञ्ज्याङ गाबिसमा रहेको छ्। यो मन्दिरको निर्माण ग्वादी निवासी राज कुमार बरालले गर्नु भएको हो। चतुर मुखी शिवलिङ रहेको यो मन्दिर पहिले काली गण्डकीको टतमा रहेको थियो तर २०४२ सालमा आएको बिनासकारीबाढी सँगैको पहिरोले यसलाई पुरेपछी हालको स्थानमा नव निर्माण गरिएको हो। मन्दिर सँग करीब ८७ रोपनी गुठीको जग्गा रहेको छ्। पौराणिक मान्यता अनुसार यो स्थानमा सती देवीको अंग पतन भएको तथा देवदत्त ऋशीले तपस्या गरेको विश्वाश गरिन्छ। त्यसैले यहाँ मानिसहरु प्रत्येक सोमबार दर्शनको लागि जाने गर्छ। बिशेषत यहाँ शिवरात्रीको दिनमा दर्शनार्थीहरुको घुँइचो लाग्ने गर्छ।
राम मन्दिर:
भगवती मन्दिर(रातामाता):
यो मन्दिर रातामाताका स्थानिय बासिन्दाद्वारा २०६३ सालमा निर्माण गरिएको हो। यसको नित्य पूजा हुने गर्छ।
यो मन्दिर रातामाताका स्थानिय बासिन्दाद्वारा २०६३ सालमा निर्माण गरिएको हो। यसको नित्य पूजा हुने गर्छ।
औरर्वाश्रम शिद्ध मन्दिर(अर्गली):
अर्गली गाबिसको मुस्लुक पर्बतको तुप्पोमा रहेको यो मन्दिर और्ब ऋशीको तपस्या स्थल हो। पौराणिक मान्यता अनुसार यसै स्थानमा और्ब ऋशीले तपस्या गरी मुक्ती पाएको विश्वाश गरिन्छ। त्यसैले यो स्थानमा मन्दिर निर्माण गरी और्ब ऋशीको मुर्ती स्थापित गरिएको छ्। यो मन्दिर परिसर बाट बिभिन्न स्थानहरुको द्रिश्यावलोकन गर्न सकिने हुनाले अर्गली आउने पर्यतकहरुको लागि आकर्शणको केन्द्र बन्ने गरेको छ्।
कालिका मन्दिर(भटकुवा):
शताब्दीऔं पुरानो मानिएको कालिका मन्दिर भटकुवाको डाँडा पोखरीमा रहेको छ्। नवदुर्गा भरी यसको बिशेष पूजा हुने गरेको छ्।
No comments:
Post a Comment