शिक्षा

रिडी बहुमुखी क्याम्पस

क्याम्पस सन्चालन गरीएको भवन।
          रिडी बहुमुखी क्याम्पस,रिडीको स्थापना २०६६ सालमा भएको हो। दशकौ पहिले देखी नै यहाँ बहुमुखी क्याम्पस खोल्ने चर्चा भएपनी ०६६ सालमा आएर मात्र यो सपना पुराभएको हो। स्थानिय समाजसेवी तथा बुद्धीजिवीहरुको पहलमा चन्दा संकलन गरी यसको स्थापना गरिएको हो। हाल यस क्याम्पसमा स्नातक तह बाणिज्य संकाय(BBS)को पढाई हुनेगरेको छ्। यस क्याम्पसको आफ्नै भवन नभएपनी रिडी उच्च माबीको भवनमा क्याम्पस सन्चालन हुँदै आएको छ्। भबिस्यमा आफ्नै भवन निर्माण गर्ने लक्ष रहेको यो क्याम्पसले छात्रावास भवनको भने ब्यबस्था गरीसकेको छ्।  



*******************************************************************


रुरु संस्क्रित क्याम्पस (बिद्यापिठ) 

क्याम्पस भव
      रुरु संस्क्रित बहुमुखी क्याम्पस(बिद्यापिठ)को स्थापना २०४६ फाल्गुन २५गते भएको हो। यस क्याम्पसको बिधीवत कक्षा प्रारम्भ भने सं मा बि,रिडीको भवनमा २०४६।१२।१३ देखी भएको हो। पछी रिडीको रातामातामा क्याम्पसको आफ्नै भवन निर्माण गरिएको हो जसको उदघाटन ततकालिन राजा बिरेन्द्र द्वारा २०५६ सालमा गरिएको थियो। यहाँ उत्तर मध्यमा(प्रमाणपत्र तह) देखी स्नातक तह सम्मको पढाई हुने गरेको छ्। यहाँ पढ्ने छात्रछात्राहरु लाई उत्साह र आकर्षण बढोस भन्ने उद्देश्यले संस्क्रित बिश्वोबिद्यालयले सबै विद्यार्थीहरुलाई छात्रब्रित्तीको ब्यबस्था समेत गरेको छ्।


*************************************************************************


रिडी उच्च माध्यमिक बिद्यालय   

रिडी उच्च मा. बि. को भवन
     बिक्रम सम्बत २००६ साल श्री पञ्चमीको दिनमा गुल्मी मिडिल स्कुलको नाम बाट यो स्कुलको स्थापना भएको थियो। स्वर्गिय प्रयागलाल कक्षपतीले संस्थापन गर्नु भएको यो स्कुलको सुरुवात पाँच जना विद्यार्थी बाट गरिएको थियो । त्यो बेलामा १ देखी ५ कक्षा सम्म यहाँ पढाई हुने गर्थ्यो । जसको सन्चालन धैरेनी पौवामा गरिएको थियो। २०२० सालमा यसको नाम परिवर्तन गरी ह्रिशिकेश बिद्यालय राखिएको थियो भने २०२१ सालामा पुन यसको नाम परिवर्तन गरी रिडी हाइस्कुल राखियो। त्यस्तै २०५४ सालमा उच्च शिक्षा(११ र १२)सन्चालन हुन थालेपछी यसको नाम रिडी उच्च माबी रहन गएको हो। अहिले यहाँ ६ देखी १२ कक्षा सम्म पढाई हुने गर्छ।

**********************************************************************

संस्क्रित तथा साधारण माध्यमिक बिद्यालय

संस्क्रित तथा साधारण मा. बि. भवन,बिष्णु पञ्जर
            नेपालकै सबैभन्दा पुरानो तथा गुल्मी जिल्लाको पहिलो बिद्यालय मानिएको यो बिद्यालय स्थापनाको वास्तविक मिती थाहा नभएपनी यसको स्थापना बिक्रम सम्वत १९६९ मा भएको मानिएको छ्। स्थापनाका सुरुका दिनहरुमा गुरुकुल परंपरालाई आधार मान्दै चन्डी,रुद्री,वेद,कौमुदी र अमरकोष आदी बिषयको पठन पाठन हुन्थ्यो। त्यो समयमा यसलाई संस्क्रित पाठशालाको रुपमा चिनिन्थ्यो। तर पछी २०१५ सालमा ततकालिन  राजा महेन्द्रको निर्देशन् पछी यस बिद्यालयलाई संस्क्रित प्रधान पाठशालामा समुन्नत गर्दै S.L.C. सम्मको पढाई सुरु भयो। त्यस्तै २०२७ सालमा विद्यार्थीहरुले आधुनिक बिषयमा पढाई हुनपर्ने भन्दै अनशन सुरुगरेपछी ततकालिन श्री ५ को सरकारले आधुनिक बिषयको अध्यन अध्यापनको लागि अनुमती दिएको थियो। देशमा नयाँ शिक्षा लागु भए पछी यसको नाम परिवर्तन गरी संस्क्रित माद्यमिक बिद्यालय राखीएको थियो। तर समय परिस्थिती बदलिदै जाँदा संस्क्रित बिषय प्रती मानिसहरुको रुची कम हुन थाले पछी संस्क्रित माबीलाई परिवर्तन गरी संस्क्रित तथा साधारण माध्यमिक बिद्यालय बनाइएको हो। यसै कारण हाल यस बिद्यालया संस्क्रित बिषय ऐक्षिक बनेको छ्। 


**************************************************************************

रुरु प्राथमिक बिद्यालय

रुरु प्रा. बि. भवन भगवती टोल।
         यो बिद्यालयको स्थापना २०२२ सालामा भएको हो। पहिले रिडी हाइस्कुलको नामले परीचित यो स्कुल २०२२ सालमा यस बाट अलग भइ अनीवार्य निशुल्क प्रथमिक स्कुलको नाम बाट सन्चालन गरिएको थियो। पछी २०३१ सालमा यसको नाम परिवर्तन गरी रुरु प्राथमिक बिद्यालय राखीएको हो। स्थापनाका सुरुका दिनहरुमा कक्षा १ देखी ३ सम्म मात्र पढाई हुने गर्थ्यो भने २०२४ सालमा आएर ४ र ५ कक्षा खोलिएको थियो। त्यो बेलामा बिद्यालय सँग आर्थीक र भौतीक अवस्थाको कमीले गर्दा भगवती मन्दिरमा रहेको पौवामा पढाई सन्चालन गरिएको थियो। पछी २०३० सालमा श्याम कुमार कसजू र डा. राज कुमार श्रेष्ठले संयुक्त रुपमा बिद्यालय भवन निर्माणको लागि जग्गा दान गरे पछी बिद्यालयको आफ्नै भवन निर्माण गरिएको थियो। हाल यो बिद्यालयमा बाल शिशु कक्षा देखी ५ कक्षा सम्मा पढाई हुने गरेको छ्।


**************************************************************************

रुरु  बिद्या ज्योति बोर्डिङ  स्कुल


          रुरु बिद्या ज्योति बोर्डिङ स्कुलको स्थापना २०४२ सालमा दार्जिलिङ बाट आएका शिक्षकहरु द्वारा भएको हो। रुरु ईंग्लिश बोर्डिङ स्कुलको नाम बाट स्थापित यो स्कुल सुरुमा नर्सरी देखी तीन कक्षा साम्म पढाई हुने गर्थ्यो। तर बिभिन्न कारणले शिक्षकहरुले स्कुल परीत्याग गर्ने तथा ब्यबस्थापन परिवर्तनको श्रिङ्खला जारी रह्यो। यसै क्रममा २०५२ सालमा रिडी बजारका स्थानिय ब्यक्तीहरुको सकृयतामा बिद्यालयको पुनर गठन गरीयो। यस पछी यस स्कुलको नाम परिवर्तन गरी बिद्या ज्योति बोर्डिङ स्कुल राखिएको हो। यसै समयमा यहाँ कक्षा नर्सरी देखी ८ कक्षा सम्म पढाई हुन थालेको थियो। यसै क्रममा ब्यबस्थापनमा देखीएको असहजताका कारण २०६१ सालमा पुन यसको ब्यबस्थापन परिवर्तन गरीयो। यो ब्यबस्थापनले पनि यसको नाम परिवर्तन गरी रुरु बिद्या ज्योति बोर्डिङ स्कुल राखेको हो। हालै(२०६७।११।२५मा)बिद्यमान ब्यबस्थापन समितीलाई पुनर् गठन गरि नवराज कालीराजको संयोजकत्वमा नयाँ ब्यबस्थापन समितीको बनाइएको छ्। स्कुललाई नयाँ स्वरुपमा सन्चालन गर्ने लक्ष राखेको नयाँ ब्यबस्थापनले यसै २०६८ साल देखी थप कक्षा ९ र १० पनि सन्चालन गर्ने भएको छ्।