परिचय:
पौराणिक काल
देखी पवित्र
तिर्थस्थलको रुपमा परीचित रुरुक्षेत्र (रिडी)
गुल्मी पाल्पा
र स्याङ्जा
जिल्लाको माझमा
रहेको छ्।
पश्चिम नेपालको
ब्यापारीक राजधानी बुटवल देखी करीब
७० किलोमिटर
उत्तरमा अबस्थित
यो क्षेत्र
गुल्मी जिल्लाको
मुलद्वार हो।
यो सामुन्द्रिक
सतह देखी
१८०० फीटको
उचाइमा रहेको
छ्। चारै
तिरबाट पहाडै
पहाडले घेरीइ
बिचमा समथर
जमिन रहेकोले
यस्को प्राकृतिक
बनावट उपत्यका जस्तो देखिन्छ।
यो ठाउँमा
सडक मार्ग
भएर काठमाडौं
बुटवल तान्सेन
हुँदै आउन
सकिन्छ। यहाँ
आउन सबै
प्रकारका निजी
तथा भाडाको
सवारी साधन
पाउन सकिन्छ।
साथै हवाइ
मार्ग भएर
आउँदा भैरहवा
बिमानस्थल देखी बुटवल हुँदै आउन
सकिन्छ। पक्की
सडक,सन्चार,बिद्युत,होटल तथा मनोरन्जन
लगायतका सम्पूर्ण
सुबिधाहरुले यो ठाउँ सुगम रहेको
छ्। २०१८
सालमा कालीगन्डकी
र रिडी
खोलामा आएको
भिषण बाढीका
कारण रिडी बजार जलमग्न हुँदा
यहाँका ऐतिहासिक
तथा धार्मिक
महत्वका सम्पदाहरु
सहीत ठुलो
धनजनको क्षती
भएको थियो।
सो बिनासकारी बाढी पछी
बनेको नयाँ
घरहरु,मन्दिर,पाटी, पौवा तथा बगैचाहरुको
निर्माणले यस ठाउँलाई ब्यबस्थित बनाउनुका
साथै सौनदर्यता
समेत थपेको
छ्।
हिन्दूहरुको पवित्र नदी
कालिगण्डकिको किनारामा अबस्थित रुरुक्षेत्रको महिमा पुराण तथा शास्त्रहरुमा उल्लेख
गरेको पाइन्छ। बराह पुराणमा रुरुक्षेत्रको पौराणिक इतिहासको बर्णन गरिएको छ्,भने
स्वस्थानी कथामा पनि यसै स्थान(भिर्गुतुङेश्वर)मा सतीदेवीको दन्त पतन भएको उल्लेख
गरिएको छ्। त्यस्तै हिन्दू धार्मिक मान्यता अनुसार नेपालका चार धार्मिक क्षेत्रहरु
मध्ये(रुरुक्षेत्र,बराहक्षेत्र,पाशुपतक्षेत्र र मुक्तीक्षेत्र)रुरुक्षेत्र पनि एक
हो। यो ठाउँलाई नेपालको बनारसको रुपमा पनि चिन्ने गरिन्छ। बिदेशी बिद्वान पर्सिवल
ल्यान्डनले 'नेपाल' नामक पुस्तकमा बनारसमा उपलब्ध सम्पूर्ण बिशेषताहरु रुरुक्षेत्र
सँग मेल खाने भएकोले यसलाई बनारस सँग तुलना गर्दै 'नेपालको बनारस'भनी टिप्पणी
गरेका छन|हिन्दूहरुको लागि यो क्षेत्र पवित्र घाट पनि हो। त्यसैले देशका बिभिन्न
भुभागहरु बाट मानिसहरु अन्त्येस्टी संस्कारका लागि यहाँ आउने गर्छन्। धार्मिक
मान्यता अनुसार यस क्षेत्रमा देहत्याग गरीएमा मुक्ती पाइन्छ भन्ने विश्वाश रहेको
छ्। भगवान बिष्णुको प्रतिक मानिने शालीग्राम पनि यहाँ पाउन सकिन्छ। त्यसैले यो
क्षेत्र लाई शालग्राम क्षेत्र पनी भन्ने गरिन्छ। यहाँ चक्र तथा बिभिन्न आक्रिती
भएका दुर्लब शालिग्रामहरु पाइन्छ। बर्ष भरीमा यहाँ थुप्रै मेलाहरु लाग्ने गर्दछ।
मुख्यत माघेसंक्रान्ती तीन दिन र ह्रिषीकेश उत्सब २ दिन ठुलो मेला लाग्ने गर्दछ।
साथै बर्ष भरीको औंशी,पुर्णिमा,ग्रहण तथा बैशाख महिनाको प्रत्येक शनिबार मेला लाग्ने गर्दछ। करीब एक कोषिय परीधीमा रहेर पनि यहाँ करीब ४० भन्दा बढी देबालयहरु
रहेका छन जो यस ठाउँको आर्को बिशेषता हो। यहाँ रहेका मन्दिरहरु मध्ये ह्रिषीकेश मन्दिर नेपालकै सुप्रशिद्ध मन्दिरहरु मध्येको एक मानिन्छ जुन बिश्वो सम्पदा सुचीको
लागि मनोनयमा समेत परेको छ्। यस क्षेत्रमा पवित्र नदी कालिगन्डकीको बहाव,शालिग्रामको
उपलब्धता तथा भगवान ह्रिषीकेशको बिराजमान हुनु जस्ता त्रैआयामिक बिशेषताहरुका कारण
रुरुक्षेत्रले बिशिस्ट किसिमको धार्मिक पहिचान बनाएको छ्।
यो क्षेत्र
धार्मिक स्थल
मात्र नभएर
यो भेगको
मुख्य ब्यापारिक
केन्द्रबिन्दु पनि हो। प्राचिनकाल देखीनै
यो गुल्मी,पाल्पा,स्यङ्जा,अर्घाखाँची,बाग्लुङ,रुकुम र
रोल्पा लगायत
अन्य आसपासका
जनताहरुको ब्यापारिक केन्द्रबिन्दु रहदै आएको
छ्। यहाँ
सडक यातायातको
सुबिधा हुनु
पुर्ब पनि
मानिसहरु आफैले
बोकेर तथा
खच्चडको माध्याम
बाट सामानहरुको
ढुवानी गर्दथे।
प्राचिनकालमा भोट,नेपाल उपत्यका तथा
मधेस आउन
जानको लागि
यो ठाउँ
पायक पर्ने
गर्दथियो। गुल्मी जिल्लाको प्रबेश द्वार
रहेको यो
ठाउँ भएर
अर्घाखँची,बाग्लुङ र स्याङ्जा जिल्ला
लाई सडक
यातायातले जोडेको छ्। यसले गर्दा
भोलीको दिनमा
रुरुक्षेत्रले यो भेगको ब्यापारिक केन्द्र
बन्ने संभाबना
बोकेको छ्।
यहाँ रहेको
प्राकृतिक श्रोत साधन जल,जंगल,जमिन तथा
खनिज पदार्थहरुको
उच्चतम प्रयोग
गरी यहाँ
उध्योग धन्दा
सन्चालन गर्न
सकिने प्रचुर
सम्भावना रहेको
छ्। यहाँको
जल सम्पदा (रिडी खोला)
बाट २०६४
सालमा २.४ मेघावाट
बिद्युत उत्पादन
गरी बितरण
गरीएको छ्।
जसका कारण
देशमा चरम
उर्जा संकट
हुँदाहुँदै पनि रुरु लाई लोड
सेडीङ मुक्त
क्षेत्र बनाइएको
छ्।
यहाँको अर्को बिशेषता
भनेको एतिहासिक
पक्ष हो।
धेरै पहिले
देखीनै यो
ठाउँ उच्च
पदस्त ब्यक्तित्वहरुको
गन्तब्य रही
आएको पाइन्छ।
यहाँको इतीहासमा
पाल्पाली राजा
मणीमुकुन्द सेन,भिम्सेन थापा,जंग
बहादुर राणा
लगायतका राजामहाराजाहरुको
प्रमुख गन्तब्य
रहेको पाइन्छ।
नेपालका प्रथम
प्रधानमन्त्री भिम्सेन थापाले यो ठाउँमा
एउटा मन्दिर (सत्येश्वोर महादेव )
र पौवा (भिम्सेन पौवा)
बनाएका छन।
त्यस्तै श्री
३ जुद्ध
शम्शेर राणा
यहाँ कल्पबास
बस्न आएका
थिए। त्यही
कल्पबास बस्ने
प्रयोजनका लागि उनले अर्गलीमा दरवार बनाएका थिए
जुन अहिले
पनि बिद्यमान
छ्। साथै
यहाँ राज
परिवारको कुनै
पनि सद्स्यको
देहाबसान पछी
तिनीहरुको अस्तु सेलाउने परंपरा समेत
रहेको छ्।
नामाङ्कन -
रुरुक्षेत्र यो
ठाउँको पौराणिक
नाम हो।
यसलाई रिडी
क्षेत्र पनि
भन्ने गरिन्छ।
रुरुक्षेत्र यसको नामाङ्कन कसरी भयो
भन्ने बारेमा
आज धेरै
ब्यक्तीहरु बिच मतभेद रहेको पाइन्छ। भन्ने
नामको सन्दर्भमा
रुरु अर्थात
मृगले देवदत्त ऋषीको
पुत्रीलाई स्तनपान गराइ हुर्काएको कारणले
तिनलाई रुरुकन्या
भनियो। पछी
तिनै कन्याले
यहाँ कठोर
तपस्या गरी
मुक्ती पाएकोले
यो ठाउँ
उनै कन्याको
नामबाट "रुरुक्षेत्र " भनी चिनिन थाल्यो
भन्ने मत
पाइन्छ। 'रिडी'क्षेत्रको सन्दर्भमा
रुरुक्षेत्र भन्ने शब्द अपभ्रंश भई
'रिडी' क्षेत्र
बन्नगएको भन्ने
मान्यता पाइन्छ।
त्यसैगरी धार्मिक
मान्यता अनुसार
मानिस जन्मदै
तीन वोटा
ऋण: देव
ऋण,पित्री
ऋण र
ऋषी ऋण
लिएर आएको
हुन्छ। जो
ब्यक्ती हिमालय
देखी बग्दै
आएको काली
गण्डकीको सँगम
अर्थात दोभान(जुन रुरुक्षेत्रमा
पर्छ)मा
स्नान गर्छ
सो ब्यक्तीको
पाप पखालिन्छ
भन्ने मान्यता
रहेकोले यो
स्थानलाई ऋणी
भनीन थालियो
पछी ऋणी
भन्ने शब्द
अपभ्रम्श भई
'रिडी' बन्न
गएको भन्ने
धारणा पाइन्छ।
त्यस्तै अर्को
मान्यता अनुसार
'रिडी' भन्ने
शब्द मगर
भाषाबाट आएको
हो। मगर
भाषामा 'री'भन्नाले कालो
तथा 'डी'
भन्नाले पानी
भन्ने अर्थ
लाग्छ। अर्थात
कालो पानी
बग्ने क्षेत्र
(काली गन्डकी
)भएकोले यसलाई
'रिडी' भनिएको
हो भन्ने
तर्क पाइन्छ।
पौराणिक गाथा:
धेरै समय
पहिले रुरुक्षेत्रमा
देवदत्त नाम
गरेको एकजना
ब्राम्हण बस्दथे।
उनले कालिगन्डकीको
किनारमा आश्रम
बनाइ तपस्या
गर्नथाले। महात्माको तपस्या धेरै समय
सम्म चलिरह्यो
। अत्यन्तै
कठोर तपस्यामा
लागेको देखेर
देव्राज ईन्द्र
सशंकित भई
उनको तपस्या
भङ्ग गर्नतर्फ
लागे। सोही
अनुरुप उनले
देवदत्तको आश्रममा प्रह्मलोचा नामको अप्सरालाई
तपस्या भङग
गर्न पठाए।
जब देवदत्त
उनको ध्यानबाट
उपरत भई
केही समय
यताउती घुम्न
थाले तब
उनले टाढैबाट
भकुन्डो खेली
राखेकी अत्यन्तै
सुन्दरी प्रह्मालोचालाई
देखे। अप्सराको
हाउभाउ कटाक्षले
मुनी मोहित
भये। उनको
सुन्दरता प्रती
बसिभुतभई विवाहको
प्रस्ताब राखे
र दुबै
जना विवाह
बन्धनमा बाँधीइ
संसारिक सुखमा
बिलिन भए।
केही समयको
अन्तराल पछी
प्रह्मालोचाले एउटी कन्यालाई जन्म दिइन।
ततपस्चात उनले
आफ्नो उधेश्य
पुराभएको सम्झी
ति कन्यालाई
त्यही आश्रममा
छाडेर स्वर्ग
गइन। जब
देवदत्तले यो कुराको वास्तविकतालाई बुझे
तव उनी
छाँगा बाट
खसे झै
भए। उनको
हृदयमा तिब्र
बैराग जागेर
आयो ततपस्चात
उनी उत्तरतिरको
भ्रिगु आश्रमतिर
लागे र
भगवान शिवको
कठोर तपस्या
गर्नथाले। उनको तपस्या देखी भगवान
शिव प्रशन्न
भई उनको
सामु प्रकट
भए र
आशिर्बाद दिए
'जसले गन्डकिको
नदीमा स्नानगरी
शिवलिङ्ग(भिर्गुतुङेश्वर)को दर्शन
गर्ला उसले
राम्रो योगफल
तथा शिद्धी
प्राप्त गर्नेछ'। यती
भनी भगवान
शिव अन्तरध्यान
भए। देवदत्तले
पनि शिवजीबाट
आशिर्बाद पाइ
आफु मुक्तभएको
अनुभब गरे।
प्रह्मालोचाबाट जन्मेकी
कन्यालाई पछी
मृगले दुध
पिलाएर हुर्काए।
संस्क्रित भाषामा मृगलाई रुरु भनिन्छ।
त्यही रुरुले
दुध पिलाएर
हुर्केकी कारणले
तिनको नाम
रुरुकन्या रहनगयो। पछी उनले भगवान
नारायणको कठोर
तपस्या गर्न
थालिन। उनको
कठोर तपस्या
देखी भगवान
नारायण प्रशन्न
हुनुभयो र
उनको सामु
प्रकट भई
बारदान माग्न
भन्नु भयो।
भगवानको यस्तो
वाक्य सुनेर
रुरुकन्याले बिन्ती गरिन "हे नाथ
यदी मलाई
बारदान दिनु
हुन्छ भने
यही चतुरवाहु
श्री नारायणको
रुपले हजुर
यही बिराजमान
होइबक्सीयोस र मेरो नाम बाट
यो क्षेत्र
प्रशिद्ध होस्
" उनको यस्तो प्रार्थना सुनी भगवानले
भन्नु भयो
"अब उपरान्त
यो ठाउँ
रुरुक्षेत्र नामले
प्रख्यात हुने
छ्। यो
क्षेत्रमा जसले स्नान गरेर तीन
दिन यहाँ
रही चतुरबाहु ह्रिषीकेशको दर्शन गर्छन् त्यो पवित्र
हुन्छ भनी
भगवान अन्तरध्यान
हुनु भयो।
(त्यसैले ३
दिन माघे
संक्रान्ती मेला लाग्ने गर्छ)।
ति रुरुकन्या
केही समय
त्यही रहिन
र पछी
उनले देहत्याग
गरिन र
उनले मुक्ती
पाइन। भगवानको
आशिर्बादले गर्दा त्यो दिन देखी
रुरुक्षेत्र पुण्य क्षेत्र बन्यो। यो
क्षेत्र अत्यन्तै
पवित्र भयो
र रुरुकन्या
को नामले
रुरुक्षेत्र भनी हिन्दू जगतमा प्रशिद्ध
भयो।